नेपालगन्ज : नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमित संख्या ५० हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ कोरोना संक्रमित थपिदाँ नेपालको कोरोना संक्रमित हुनेको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ छ ।
यसबीच पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म मृतक ३ सय १७ जनामा कोरोना पुष्टि भएको छ । २१ जनाको विभिन्न अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पीसिआर परीक्षण भएको छ । हालसम्म ८ लाख १० हजार बढीको पिसिआर परीक्षण भएको छ ।