बाँकेका थप १५ जनामा कोरोना पुष्टि


बाँकेका थप १५ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेका थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्याबमा गरिएको स्वाब परीक्षणमा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसगैं बाँकेको कोरोना संक्रमित संख्या १ हजार ३ सय ६३ पुगेकोछ ।

दुवै प्रयोगशालाका ३ महिला र १५ पुरुष गरि कुल १८ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा बाँकेका मात्र १५ जना संक्रमित भेटिएकाछन् ।

बाँकेमा बिहीबार संक्रमित हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ५४ र ६० वर्षिय पुरुष, वडा नम्बर ११ का ५५ वर्षिय पुरुष, वडा नम्बर १० का २६ र २० वर्षिय युवती, वडा नम्बर १४ का ३५ वर्षिय महिला, वडा नम्बर २ का ६० वर्षिय पुरुष, वडा नम्बर १ का ३७ वर्षिय पुरुष, वडा नम्बर २ का ३८ वर्षिय पुरुष, वडा नम्बर ५ का ३१ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका ३२ र ३४ वर्षिय दुई पुरुषमा कोरोना संक्रमण देखिएकोछ । भने खजुरा गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २९ वर्षिय पुरुष, जानकी गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षिय पुरुष, बारबर्दिया–१ बर्दियाका ७२ वर्षिय पुरुष, महेन्द्रनगर–१७ कञ्चनपुरका २१ वर्षिय पुरुष, तुुलसीपुर–१०, दाङका ३८ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बिहीबार बेलुकासम्म ९ सय ५१ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ४ सय ४ जना उपचाररत रहेका छन् ।