जाजरकोट : जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थादेखि मुख्य स्वास्थ्य संस्थामा समेत औषधि नहुँदा उपचारमा समस्या भएको छ ।
वडाहरूमा रहेका स्वास्थ्य संस्था बसेका भाडाका घरहरूमा सम्झौता नभएका कारण काम गर्न मुस्किल भएको स्वास्थ्य शाखाका प्रमुख प्रेम शाहीले जानकारी दिए ।
औषधि नहुँदा दैनिक उपचारका लागि आउने बिरामी समस्यामा परेको शाहीले जानकारी दिए । गर्खाकोट स्वास्थ्य चौकीमा समेत औषधि नहुँदा हैरान भएको बताइएको छ ।
दैनिक स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामी खाली हात फर्कने गरेको गर्खाकोटका गोपाल गिरीले जानकारी दिए । नयाँ बजेटको अख्तियारी प्राप्त नभएकाले औषधि खरिद गर्न नसकिएको प्रमुख शाहीको भनाइ छ । -रासस
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?