नेपालगन्ज : देशभर कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसगैं देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको हो ।
बिहीबार देशभर ५ जना, बुधबार र मंगलबार ६÷६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
देशभर पछिल्लो २४ घण्टामा देशभर एक हजार ४ सय ५४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
यससँगै देशभरका अस्पतालबाट कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ७१ प्रतिशत रहेको छ । १० हजार ७ सय जनाको आज पिसिआर परीक्षण भएको छ । ६ हजार ७८ जना क्वारेन्टाइनमा छन् ।