नेपालगन्ज : देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जिल्लाका ३ महिला र ६ पुरुष गरि ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका मात्र ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै मोरङका ६९, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र कास्कीका ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।