नेपालगन्ज : नेपालमा थप एक हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३९ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ६५ जनाको पीसिआर जाँच हुदाँ यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १ सय ५९ जना पुगेको छ । जसमध्ये देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेसनबाट एक हजार १ सय ७३ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन् । योसगैं देशभर डिस्चार्ज हुने कुल संख्या ३८ हजार ६ सय ९७ जना भएको मन्त्रालयले जनाएकोछ । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको छ ।
आईतबार बेलुकासम्म देशभर ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर परीक्षण भइसकेकोछ । भने देशभरका संस्थागत आइसोलेसन ७ हजार ७ सय ३० जना र होम आइसोलेसनमा ५ हजार ३ सय ८७ जना रहेका छन् । आईतबारसम्म देशभर ६ हजार ५ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । भने देशभर एक सय ६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यसअघि शनिबार देशभर एक हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसैगरी शनिबार १४ जनाको मृत्यु भएको थियो । भने पछिल्लो २४ घण्टामा देशभर थप ९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमितको मृत्यु हुने संख्या ३ सय ४५ पुगेको छ ।