नेपालगन्ज : बाँकेमा आईतबार थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशलामा भएको एक सय स्वाब परीक्षणका क्रममा थप २१ जनालाई कोरोना देखिएको अस्पतालले जनाएकोछ । आईतबार कोरोना संक्रमण देखिनेमा सबैजना बाँकेका रहेकाछन् ।
१० महिला र ११ पुरुष गरि २१ जना संक्रमित भएका हुन् । जसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका ६, कोहलपुर नगरपालिकाका ३, बैजनाथ गाउँपालिकाका ८ र खजुरा गाउँपालिकाका ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । योसगैं बाँकेमा कुल कोरोना संक्रमित संख्या १ हजार ४ सय ४० पुगेकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाले सार्वजनिक गरेको रिर्पोट अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ३८ वर्षिय महिला र २९, ४४ र १८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । भने वडा नम्बर १३ का ३५ वर्षिय महिला र वडा नम्र ६ का ५५ वर्षिय महिलामा कोरोना पाइएको छ ।
यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ३ का ३० वर्षिय पुरुष, वडा नम्बर ११ का २९ वर्षिय पुरुष र वडा नम्बर ५ का ३२ वर्षिय महिलामा कोरोना पाइएकोछ ।
आईतबारनै सार्वजनिक रिर्पोटमा बैजनाथ गाउँपालिका वडा नम्बर ६ ५७ र २५ युवति तथा ३ बालिका र ५७, ३१, ६४, ४८ र ४१ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
यस्तै खजुरा गाउँपालिका वडा नम्बर ३ का ५७ वर्षिय पुरुषमा कारोना संक्रमण पाइएको छ भने वडा नम्बर ३ ५० र ५२ वर्षि दुई महिला र वडा नम्बर ४ का ३३ वर्षिय एक महिलामा कोरोना देखिएको भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला रिर्पोटमा उल्लेखछ ।
हालसम्म भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ३८ हजार ५ सय ३१ जनाको स्वाब परीक्षणका लागि आएकोमा ३८ हजार ५० जनाको स्वाब परीक्षण भइसकेकोछ । जसमध्ये २ हजार २४ जनाको रिपोर्ट पोजेटिभ आएकोछ ।
हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भईसकेकोछ । यसरी मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेकाछन् । जसमा नेपालगन्जका ५ जनाले ज्यान गएकोछ ।