अब दुई हजारमै पीसिआर परीक्षण


अब दुई हजारमै पीसिआर परीक्षण

नेपालगन्ज : सरकारले कोरोना भाइरस परीक्षणको शुल्क घटाएको छ । योसगैं सरकारी तथा निजी प्रयोगशालामा २ हजार रुपैयाँमै पीसिआर परीक्षण हुनेछ ।

यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

विश्व बजारमा पीसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ ।