नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार ९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको छ । योसगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेकोछ ।
कोरोना संक्रमणबाट काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै ललितपुरका ५५, भक्तपुरका ७३, रामेछापका २३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरि मोरङका ४० र ७० वर्षीय पुरुष, गोरखाका ६३, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।
यसअघि शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको थियो ।