नेपालमा थप ११७० जनामा कोरोना संक्रमण


नेपालमा थप ११७० जनामा कोरोना संक्रमण

नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना भाइरस संक्रमित कुल संख्या ५५ हजार ३ सय २९ पुगेकोछ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशलामा गरिएको १० हजार ८ सय ७८ पीसिआर परीक्षण गर्दा थप एक हजार एक सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा यस्तो बताएका हुन् । योसगैं देशभर सोमबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनबाट थप ९ सय ७९ जना डिस्चार्ज भएका छन् । योसगैं हालसम्म देशभर ३९ हजार ५ सय ७६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको छ । भने सोमबारसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना र होम आइसोलेसनमा ७ हजार २ सय ७५ जना रहेका छन् । भने सोमबारसम्म देशभर ६ हजार ८ सय ९२ जना क्वारेन्टिनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै देशभर २९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार ९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको छ । योसगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेकोछ ।