नेपालगन्ज : बाँकेमा सोमबार थप २९ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्याबमा गरिएको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशलामा भएको ४ सय स्वाब परीक्षणका क्रममा थप २७ जना र बागेश्वरी ल्याबमा दुई जनालाई कोरोना देखिएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए । जसमा १० महिला र १९ पुरुष रहेकाछन् । योसगैं बाँकेमा कोरोना संक्रमित संख्या एक हजार ४ सय ६९ पुगेकोछ ।
जसमा खजुरा गाउँपालिकाका ८ जना, कोहलपुर नगरपालिकाका ७ जना, नेपालगन्ज उपमहानगरपालिकाका ७ जना, बैजनाथ १, राप्तीसोनारी १ जना, ठेगाना नखुलेका बाँके १ जना र सशस्त्र प्रहरीका एक जनामा कोरोना संक्रमण देखिएको । यस्तै बर्दिया, बैतडी र दैलेखकका एकएक जनामा कोरोन पुष्टि भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ३ का ३२, ५२ र २६ महिला, सोही वडाका ५ वर्षिय बालिका तथा ३८ र ३२ वर्षिय पुरुषमा कोरोना देखिएकोछ । यस्तै खजुराकै वडा नम्बर १ का ४६ वर्षिय पुरुष र वडा नम्बर २ का ५५ वर्षिय महिलामा कोरोना देखिएकोछ ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३४ र ४४ वर्षिय पुरुष, वडा नम्बर ३ का ३५ वर्षिय पुरुष तथा १५ वर्षिय बालक र ७ वर्षिय बालिकामा कोरोना देखिएकोछ । भने वडा नम्बर १४ का २९ र ४१ वर्षिय पुरुषमा कोरोना संक्रमण पाइएकोछ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर ५ का ८५ र ६५ वर्षिय पुरुष, वडा नम्बर ७ का ५२ वर्षिय पुरुष, वडा नम्बर ११ का ३५ वर्षिय महिला, वडा नम्बर १० का २७ वर्षिय पुरुष र ३९ वर्षिय महिला तथा वडा नम्बर ३ का २१ वर्षिय महिलामा कोरोना देखिएकोछ ।
त्यसैगरी राप्तीसोनारी गाउँपालिकाको ढकेरीका एकजना उमेर नखुेलका पुरुष, बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ३९ वर्षिय पुरुष, बाँकेकै ठेगाना नखुलेका एक २९ वर्षिय महिला तथा सशस्त्र प्रहरीका ३० वर्षिय पुरुषमा कोरोना देखिएकोछ ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाको रिर्पोट अनुसार २९, ३६ र २३ वर्षिय क्रमश बर्दिया, बैतडी र दैलेख ठेगाना भएका पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
हालसम्म भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ३८ हजार ८ सय ८५ जनाको स्वाब परीक्षणका लागि आएकोमा ३८ हजार ८ सय स्वाब परीक्षण भइसकेकोछ । जसबाट २ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ ।
यस्तै सोमबार बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका थप १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या १ हजार ३६ पुगेको छ । भने ८ जनाको मृत्यु भइसकेकोछ । जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा हालसम्म ४ सय २५ जना कोरोना संक्रमित उपचार गराईरहेका छन् ।