७ जिल्लाका ६ वर्षिया बालिकासहित थप ११ जनाको मृत्यु


७ जिल्लाका ६ वर्षिया बालिकासहित थप ११ जनाको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमित ६ वर्षिया बालिकासहित थप ११ जनाको मृत्यु भएकोछ । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसरी ज्यान गुमाउनेमा देशभरका ७ जिल्लाका ६ वर्षिया एक बालिकासहित ११ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार देशका विभिन्न ७ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएकोमा काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा मृत्यु हुनेमा ६ वर्षीया बालिका सहित ३४ र ९६ वर्षिय महिला तथा ६६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि नेपालमा सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । भने आईतबार ९ जनाको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।