नेपालगन्ज : कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला बुधबार विहान अस्पतालमा भर्ना भएका छन् ।
भदौ २३ गते कोरोना संक्रमण पुष्टिपछि डा. कोइरालालाई होम आइसोलेसनमा आराम गरिरहेका थिए । उनलाई मंगलबार साँझदेखि ज्वरो आएको थियो । उनको अहिले काठमाण्डौंको चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीका अनुसार, नेता कोइरालाको उपचारमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ ।
अहिले डा. कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक कार्कीले जानकारी दिए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?