डा. शशांक कोइराला अचानक अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?


सेतोखरी सेतोखरी   बुधबार, भदौ ३१, २०७७
डा. शशांक कोइराला अचानक अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?


नेपालगन्ज : कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला बुधबार विहान अस्पतालमा भर्ना भएका छन् ।


भदौ २३ गते कोरोना संक्रमण पुष्टिपछि डा. कोइरालालाई होम आइसोलेसनमा आराम गरिरहेका थिए । उनलाई मंगलबार साँझदेखि ज्वरो आएको थियो । उनको अहिले काठमाण्डौंको चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीका अनुसार, नेता कोइरालाको उपचारमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ ।


अहिले डा. कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक कार्कीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add