नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । ६ वटा जिल्लाका ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेकोछ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीका ७० वर्षीय पुरुष, सप्तरीका ३५ वर्षीय पुरुष, बाराका ४६ वर्षीया महिला, काभ्रेका ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै गत २४ घण्टामा काठमाडौंका ७१ र ७४ वर्षीया महिला र कास्कीका ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि नेपालमा मङ्गलबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आईतबार ९ जनाको मृत्यु भएको थियो ।
नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।