५३ जिल्लाका १५३९ जनामा कोरोना पुष्टि


५३ जिल्लाका १५३९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : नेपालमा थप एक हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । पछिल्लो २४ घण्टामा ५३ जिल्लाका एक हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो । योसँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६८ जना कोरोना संक्रमित निको भएको जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।

यस्तै बुधबार बेलुकासम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५ सय ४१ र होम आइसोलेशनमा ७ हजार ७ सय १ जना रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । ६ जिल्लाका ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार बुधबार थपिएका कोरोना संक्रमितको तथ्यांकलाई प्रदेश अनुसार हेर्दा प्रदेश १ को उदयपुर, ओखलढुंगा र खोटाङका १÷१, झापाका १९, धनकुटाका २, भोजपुरका ५, मोरङका ३५ र सुनसरीका ७० जनामा कोरोना भेटिएको छ ।

यस्तै प्रदेश २ को धुनषाका ३, पर्साका ७, बारा, महोत्तरी र रौतहटका १/१, सप्तरीका ४४, र सिरहाका २ सय ७४ जनामा कोरोना पाइएको छ ।
त्यसैगरि बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । भने काभ्रेका १८, चितवनका १, दोलखाका ३, धादिङका ७, नुवाकोटका १, भक्तपुरका २५, मकवानपुरका ४९, रामेछापका १, ललितपुरका ६०, सिन्धुपाल्चोक र सिन्धुलीका १÷१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीका ३२, गोरखाका १९, तनहुँका ३, नवलपरासी पूर्वका ५, म्याग्दीका १, लमजुङका २, बागलुङका ४ र स्याङजाका २ जनामा कोरोना पुष्टि भएको छ ।

यता प्रदेश ५ को अर्घाखाँचीका ९, कपिलवस्तुका १, गुल्मीका २, दाङका ८, नवलपरासीका ४, पाल्पाका २, बर्दियाका २, बाँकेका ४४, रुपन्देहीका ४५ र रोल्पाका ३ जनामा कोरोना पाइएको छ ।

त्यसैगरि, कर्णाली प्रदेशको जाजरकोटका १, दैलेखका २, रुकुम पश्चिमका १, सल्यानका ३३ र सुर्खेतका १४ जनामा कोरोना पुष्टि भएको छ । भने सुदूरपश्चिमको कञ्चनपुर र अछामका १/१ र कैलालीका १४ कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।