बाँकेमा तीन प्रयोगशालाबाट कोरोना परीक्षण, बुधबार थप २४ जनामा कोरोना पुष्टि


बाँकेमा तीन प्रयोगशालाबाट कोरोना परीक्षण, बुधबार थप २४ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा तीन वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएकोछ । यसअघि भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरले कोरोना भाइरस जाँच गर्दै आएको थियो ।

जिल्लामा तीन वटा प्रयोगशालाबाट पीसिआर जाँच हुन थालेपछि कोरोना परीक्षणको दायारा फराकिलो भएकोछ । पछिल्लोपटक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट कोरोना जाँच सुरु भएको हो । यही तीन वटै प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ६ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरबाट ३ जना गरि थप २४ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार कोरोना संक्रमण देखिनेमा १३ महिला र ११ पुरुष रहेकाछन् । योसगैं बाँकेको कोरोना भाइरस संक्रमित संख्या एक हजार ५ सय ३६ पुगेकोछ । भने बुधबार नै बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका थप १० जनाले कोरोना जितेर घर फर्केका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

योसगैं कोरोना जित्नेको संख्या एक हजार ८८ जना रहेको छ भने जिल्लामा ४ सय ४० सक्रिय संक्रमित उपचाररत रहेकाछन् । यसविच ८ जनाको मृत्यु भइसकेकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट संक्रमित देखिएकाहरुमा सुर्खेत सिम्ता–७ का ३४ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का २५ वर्षिय पुरुष, वडा नम्बर २० का ३० वर्षिय पुरुष, वडा नम्बर ९ का ४७ वर्षिय पुरुष, वडा नम्बर ७ का ३९ वषिएइ पुरुष, वडा नम्बर १ का २७ वर्षिय पुरुष, वडा नम्बर १ कै एक वर्षिय बालिका र वडा नखुलेको नेपालगन्जका ४५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ ।
यस्तै खजुरा गाउँपालिका वडा नम्बर ३ का २५ वर्षिय पुरुष र ६६ वर्षिय महिला,राप्ती सोनारी गाउँपालिकाका वडा नम्बर ९ का २१ वर्षिय महिला, वडा नम्बर ४ का २९ वर्षिय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर २ का २३ वर्षिय महिला र वडा नम्बर ११ का ४० वर्षिय महिला तथा गेरुवा–५ बर्दियाका २७ वर्षिय महिलामा कोरोना पुष्टि भएकोछ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट धनगढी–९ कैलालीका ७५ वर्षिय महिला, नेपालगन्ज वडा नम्बर १३ का २१ र ३५ वर्षिय महिला तथा ३३ वर्षिय पुरुष, वडा नम्बर १२ का ३२ वर्षि महिला तथा नारायण नगरपालिका वडा नम्बर १२ दैलेखका ३ वर्षिय बालकमा कोरोना पुष्टि भएकोछ ।

यसैगरी बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का ३० वर्षिय पुरुष र २२ वर्षिय महिला तथा वडा नम्बर ९ का ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।