महिला मात्रै ३ सय ६० संक्रमित, कुन उमेरका कति ?
काठमाडौं : प्रदेश ५ को सबैभन्दा बढी संक्रमित रहेको बाँकेमा पुरुषसँगै संक्रमित महिलाको संख्या बढ्दै गएको छ । हालसम्म ३ सय ६० जना महिलामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बाँकेमा १० वर्ष मुनिका २३ जना बालिकाहरु संक्रमित भएका छन् । त्यस्तै ११ देखि २० वर्ष उमेर समूहका ३० जना संक्रमित पुष्टि भएका छन् ।
यसैगरि २१ देखि ३० वर्ष उमेर समूहका १ सय २५ जना महिलामा संक्रमण भएको छ । ३१ देखि ४० वर्ष उमेरका ४२ जना महिला संक्रमित भएका छन् । ४१ देखि ५० वर्ष उमेर समूहका ५२ जना संक्रमित छन् ।
५१ देखि ६० वर्ष उमेरसमूहका २७ जना महिला संक्रमित छन् । ६१ वर्षदेखि ७० वर्ष सम्मका ७ जना महिला संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७१देखि ८० वर्ष समूहमा ६ जना महिला संक्रमित भएका छन् । ८० वर्ष नाघेकी एक जना वृद्धा महिला पनि संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित महिलामध्ये ७ जनाको भने प्रष्ट उमेर खुलेको छैन ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, बाँकेमा हालसम्म १ हजार ४ सय ७७ जना संक्रमित पुष्टि भएका छन् । जसमध्ये महिला ३ सय ६० जना छन् । पुरुष संक्रमितको संख्या १ हजार १ सय १७ पुगेको छ । अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएको छ ।
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा