कोरोना संक्रमित थप ४ जनाको मृत्यु


कोरोना संक्रमित थप ४ जनाको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ८३ पुगेको छ ।

मन्त्रालयका अनुसार ४ जिल्लाका ३ महिला र १ पुरुष गरी चार जनाको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसरी मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।
यसअघि नेपालमा बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जनाको मृत्यु भएको थियो ।

त्यस्तै सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आईतबार ९ जनाको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।