भेरी अस्पतालमा पीसिआर किट अभाव, परीक्षण रोकियो


भेरी अस्पतालमा पीसिआर किट अभाव, परीक्षण रोकियो

नेपालगन्ज : भेरी अस्पतालमा पीसिआर किटको अभाव हुँदा कोभिड–१९ परीक्षण प्रभावित भएको छ । पीसिआर किट अभावका कारण यतिबेला भेरी अस्पाताल नेपालगन्जको प्रयोगशालामा कोभिड–१९ परीक्षण बन्द जस्तै भएकोछ ।

पछिल्लो ६ दिन देखि कोभिड–१९ परीक्षणका लागि प्रयोग हुने पीसिआर किट अभाव रहेको भेरी अस्पताल नेपालगन्जको मेसु डाक्टर प्रकाश थापाले सेतोखरीलाई जानकारी दिए ।

सेतोखरीसंग कुरा गर्दै डाक्टर थापाले भने–‘पीसिआर अभावका कारण यतिबेला भेरीको ल्याबमा कोभिड–१९ परीक्षण बन्द जस्तै छ । जेनतेन जोहो गरेर आपतकालिन अवस्था र लक्षण देखिएका ब्यक्तिको मात्र कोभिड–१९ परीक्षण गर्न बाध्य भएकाछौं ।’

डाक्टर थापाले भने–‘पीसिआर किट अभाव भएपछि केन्द्रमा माग गरेकाछौं । तर केन्द्रबाट पीसिआर भेरीमा आइपुग्न अझै हप्तादिन लाग्ने खबर पाएकाछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले भने, ‘पीसिआर किट अभावमा कोरोना जाँचका लागि संकलित स्वाब परीक्षणका लागि तयारी अवस्थामा राखिएको छ ।’ यसअघि भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा रिएजेन्ट अभावका कारण संकलित स्याम्पल परीक्षणमा ढिलाइ भएको थियो ।