नेपालगन्ज : कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ४५ वर्षिय एक पुरुषको मृत्यु भएकोछ । भेरी अस्पताल नेपलागन्जको आइसोलेसनमा उपचाररत ती ४५ वर्षिय पुरुषको बिहीबार बेलुका सवा ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
यो सहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेकोछ । भने नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ६ जनाको मृत्यु भएकोछ ।
स्वास्थ्यमा समस्या भएपछि ती पुरुष भदौ २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको ३० गते कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो । भदौ ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
‘अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहदाँ उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि थप उपचारका लागि गयराती पौने १२ बजे भेरी अस्पताल नेपालगन्जको आइसोलेसनमा राखेर उपचार भइरहदाँ आज बेलुका सवा ५ बजे मा मृत्यु भएको हो’ कोरोना फोकल पर्शन श्रेष्ठले बताए । उनले थपे–‘कोरोना संक्रमित ती पुरुषको दुवै तिरको फोक्सोको निमोनिया भइ एआरडीएस मा गिई विरामीको मृत्यु भएको हो ।’
हालसम्म बाँकेको कोरोना संक्रमित मृतकको संख्या हेर्दा नेपालगन्जमा ४ पुरुष २ महिला, कोहलपुर नगरपालिकामा १ महिला, बैजनाथ गाउँपालिकामा १ महिला र नरैनापुर गाउँपालिकामा १ पुरुष गरि ९ जनाको मृत्यु भइसकेकोछ । जसमध्ये नरैनापुरका पुरुष बाँकेमै पहिलो मृत्यु हुने ब्यक्ति हुन भने जिल्ला मै सबै भन्दा बढि मृत्यु हुनेको संख्या नेपालगन्ज उपमहानगरपालिकाको रहेकोकछ ।