डा.गोविन्द केसीको अनशन सरकारलाई ‘घाँडो’

माग सम्बोधन गर्न नेपाल चिकित्सक संघको आग्रह


डा.गोविन्द केसीको अनशन सरकारलाई ‘घाँडो’


नेपालगन्ज : जुम्लास्थित चन्दननाथ नगरपालिका–६ रानीचौर स्थित बाबिरामष्ट मन्दिरमा ६० वर्षिय डा. गोबिन्द केसीले शुरु गरेको अनशन सरकारलाई घाँडो भएको छ । स्वास्थ्य क्षेत्रमा व्याप्त विकृतीका विरुद्ध सुधारका लागि डा.केसी पटक पटक अनसन बस्दै आएका छन् ।

५ दिनदेखि अनशन बसिरहेका डा.केसीप्रति मुलुकभरका चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघले समर्थन गरेको छ । गत भाद्र २९ गते सोमबारदेखि डा. केसी १९ औं अनशनमा बसेका हुन् ।

कोरोनाको महामारिमा सेवा प्रदान गरिरहेका सम्पूर्ण चिकित्सकहरुले डा. केसीको मागमा ऐक्यवद्धता जनाएमा अवस्था गम्भिर मोडमा पुग्ने भएपछि सरकारलाई अनशन घाँडो हुन पुगेको छ ।

सरकारले हालसम्म कुनै पनि चासो व्यक्त नगरेकोप्रति चिकित्सक संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सक संघका महासचिव डा. बद्री रिजालले शुक्रवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘सरकारले गम्भिर रुपमा मनन् गरी अबिलम्ब बाताीद्वारा जायेज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । डा. केसी चिकित्सक संघका आजीवन सदस्य हुन् ।