नेपालगन्ज : नर्सिङ लाइसेन्स परीक्षा आगामी मंसिर महिनामा हुने भएकोछ । नेपाल नर्सिङ काउन्सिलले नर्स र मिडवाइफको नाम दर्ता प्रमाण पत्र (लाइसेन्स) परीक्षा आगामी मंसिर १३ गते गर्ने भएको हो ।
काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै लाईसेन्स परीक्षाका लागि आवेदन खुला गरेको जानकारी दिएको छ ।
काउन्सिलले वार्षिक कार्यतालिका अनुसार नै मंसिरमा परीक्षा गर्न लागेको जनाएको छ । परीक्षाका लागि आईतबारदेखि फर्म बुझाउन सकिने सूचनामा उल्लेख छ ।
