नेपालमा कोरोनाबाट मर्नेको संख्या ३९० पुग्यो


नेपालमा कोरोनाबाट मर्नेको संख्या ३९० पुग्यो

नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ ।

मन्त्रलायका अनुसार ५ जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मोरङका ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंका ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरका ६६ र नवलपरासीका ३१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि नेपालमा बिहिबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । भने बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो । त्यसैगरी मंगलबार ११ जनाको मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आईतबार ९ जनाको मृत्यु भएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६३ प्रतिशत छ ।