देशमै पहिलो पटक एकैदिन २०२० जनामा कोरोना संक्रमण

संक्रमित संख्या ६१,५९३ पुग्यो, ३६ जनाको भेन्टिलेटर र १७३ जनाको आईसीयूमा राखेर उपचार हुँदै


देशमै पहिलो पटक एकैदिन २०२० जनामा कोरोना संक्रमण

नेपालगन्ज : कोरोना भाइरस संक्रमणको माहामारीका बेला देशमै पहिलो पटक एकैदिन २०२० जनामा कोरोना संक्रमण देखिएकोछ । देशमै कोरोना संक्रमण देखिएको करिब ९ महिना पुग्नै लाग्दा एकैपटक २०२० जनामा कोरोना भाइरस संक्रमण देखिएकोहो ।

पछिल्लो पटक सरकारले देशभर निषेधाज्ञा हटाउदै असोज एक गतेदेखि लामो दूरीको सार्वजनिक यातायता सञ्चालनमा ल्याएको छ । यद्यपी यो समय भारततर्फको सीमानाका बन्द गरिएको छ ।

कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला एकैदिन २०२० जना ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि आम सर्वसाधरणमा त्रासको वातावरण सिर्जना भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसिआर परीक्षणका क्रममा थप २०२० जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पोजेटिभ पाइएको हो । योसगैं शुक्रबारसम्म देशभर ८ लाख ९४ हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । भने शुक्रबार बेलुकासम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रबाट थप ८ सय ७१ जना डिस्चार्ज भएका छन् । यो संख्यासगैं हालसम्म ४३ हजार ८ सय २० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव १ प्रतिशत रहेको छ ।

त्यसैगरी मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसन ९ हजार ३ सय ९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । भने शुक्रबारसम्म देशभर ७ हजार ७ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ । मन्त्रलायका अनुसार ५ जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मोरङका ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंका ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरका ६६ र नवलपरासीका ३१ वर्षीय पुरुषको मृत्यु भएको छ ।