कोहलपुरका ४२ वर्षिय पुरुषमा कोरोना पुष्टि


कोहलपुरका ४२ वर्षिय पुरुषमा कोरोना पुष्टि

नेपालगन्ज : कोहलपुरमा थप एक जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएकोछ ।

बागेश्वरी ल्याब कोहलपुरमा गरिएको परीक्षणबाट ती ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १४ का ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसगैं बाँकेमा कुल कोरोना संक्रमित संख्या १ हजार ५ सय ४७ पुगेकोछ । यसबीच बाँकेमा ९ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भइसकेकोछ ।

कोरोना फोकल पर्शन श्रेष्ठका अनुसार पीसिआर किट अभावका कारण भेरीमा कोभिड–१९ जाँच रोकिएकोछ । यद्यपी आपतकालिन अवस्थाका ब्यक्तिहरुको कोभिड–१९ जाँच भइरहेको उनले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

सेतोखरीसगं कुरा गर्दै उनले भने भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाको रिर्पोट तयार भइरहेको बुझिएको छ । रिर्पोट प्राप्त भएसगैं सार्वजनिक गरिनेछ ।