पाँच महिनापछि कोरोना बिशेष अस्पताल बन्द, १९७ जनाले सेवा पाए


पाँच महिनापछि कोरोना बिशेष अस्पताल बन्द, १९७ जनाले सेवा पाए

File Photo

खजुरा : बाँकेको पहिलो कोरोना विशेष अस्पताल बन्द गरिएकोछ । खजुरा स्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेसन अस्पताल शनिबारदेखि बन्द गरिएको हो ।

कोरोना विशेष अस्पताल निर्माण गरिएसगैं उक्त अस्पतालमा ५ महिनादेखि क्यान्सरका विरामीको उपचार बन्द भएको थियो । ५ महिनादेखि क्यान्सरका विरामी उपचार गराउनबाट बञ्चित भएपछि कोरोना विशेष अस्पताल बन्द गरिएको हो ।

प्रदेश ५ सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाख महिनादेखि कोरोना बिशेष आईसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो ।

बाँकेमा सुबिधा सम्पन्न आईसोलेसन अस्पतालका रुपमा २ बेड भ्यान्टिलेटर, ६ बेड आईसीयु सहित ५० बेडको कोरोना बिशेष आईसोलेसन अस्पताल बन्द भएसंगै त्यहाँबाट पाउने सेवा अब नेपालगन्जको भेरी अस्पतालमा दिईने छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्लामा कोरोना संक्रमण देखिएको करिब पाँच महिनापछि भेरी अस्पताल नेपालगन्जमा यसअघि कोरोना विशेष अस्पताल निमार्ण गरिएको थियो ।

सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले हालसम्म क्यान्सर अस्पतालबाट कोरोना बिशेष आईसोलेन सेन्टरका रुपमा दिईने सेवा सुबिधा अब भेरी अस्पतालबाट प्रदान गरिने बताए ।

उनले कोभिड–१९ को जोखिम भएकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको बिकल्प तयार भएपछि मात्र बन्द गरिएको जानकारी दिए ।

सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराका डाक्टर प्रबिण गुप्ताले बैशाख १९ गते बाँकेका पहिलो कोरोना सक्रमित ६० वर्षिय पुरुषलाई सोही आईसोलेसन सेन्टरमा राखेर दिईएको सेवा हालसम्म १ सय ९७ जनाले पाएकाछन् । ती सबै कोरोना पोजेटिभको सफल उपचार भएर घर फर्किसकेकाछन् ।

उनले आज अन्तिम लटमा २२ जना ब्यक्तिहरु कोरोना जितेर घर फर्किएसगैं आगामी दिनमा क्यान्सरको उपचार गर्ने गरि कोरोना बिशेष अस्पतालको सेवा बन्द गरिएको बताए ।

प्रदेश ५ सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा कोरोना बिशेष अस्पताल सञ्चालनमा थियो । जुन समितिमा डा. प्रकाश थापाको संयोजकत्वमा बिज्ञ तथा प्राबिधिक टिम, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिको संयोजकत्वमा आवास भोजन तथा यातायात लगायतका उप समितिहरु समेत सहभागी भई सफल कोरोना बिशेष अस्पतालका रुपमा ब्यबस्थापन गरिएको थियो ।