काँग्रेस महामन्त्री डाक्टर कोइराला डिस्चार्ज


काँग्रेस महामन्त्री डाक्टर कोइराला डिस्चार्ज

File Photo

नेपालगन्ज : नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पतालबाट शनिवार ‘डिस्चार्ज’ भएका छन् ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसिरहेका बेला अचानक ज्वरो आएपछि डाक्टर कोइराला गत मङ्गलबार चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए ।

केही दिनपहिला कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङगलबार ओम अस्पताल चाबहिलमा भर्ना भएका थिए ।

डाक्टर कोइरालाका स्वकीय सचिव भरत तिवारीले, स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् ।

यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आम जनतामाझ जानकारी गराउने सञ्चारकर्मी तथा आफ्नो उपचारमा संलग्न चिकित्सकीय टीमका संयोजक डाक्टर विश्वनाथ कोइरालालगायत चिकित्सक टोलीलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।

आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाह बमोजिम अब केही दिन ‘होम आइसोलेसन’मा रहने जानकारीसमेत डाक्टर कोइरालाले दिए ।