नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४०१ पुग्यो


नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४०१ पुग्यो

नेपालगन्ज : नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ जिल्लाका ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङका ६५, रौतहटका ५१, सर्लाहीका ५६, ललितपुरका ७६ र ६८ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै काठमाडौका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरका ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।