नेपालगन्ज : नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पाइएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
योसगैं नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । भने सोही अवधीमा १ हजार ४ सय ४७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यसमध्ये ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् । यो कुल संक्रमितको ७२ प्रतिशत छ ।
यस्तै नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ जिल्लाका ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङका ६५, रौतहटका ५१, सर्लाहीका ५६, ललितपुरका ७६ र ६८ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै काठमाडौका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरका ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।