बाँकेका तीन प्रयोगशालाबाट थप ४३ जनामा कोरोना पुष्टि


बाँकेका तीन प्रयोगशालाबाट थप ४३ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेको तीन वटा ल्याबाट २० महिला र २३ पुरुष गरि कुल ४३ जनामा कोरोना संक्रमण देखिएको छ । योसगैं बाँकेमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ५ सय ९० पुगेकोछ । भने १ हजार २ सय ३ जना निको भइसकेका छन् । जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ सय ७८ जना उपचाररत रहेकाछन् ।

बाँकेमा हालसम्म ५ पुरुष र ४ महिला गरि ९ जनाको मृत्यु भएकोछ । जसमा सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ६ जनाको ज्यान गइसकेकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाको पहिलो लटमा ९ महिला र ६ पुरुष गरि १५ जना संक्रमित भेटिएका थिए । जसमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का ३४, ३५ र ५६ वर्षिय महिला, वडा नम्बर १३ का ३० वर्षिय पुरुष, वडा नम्बर ४ का ३६ वर्षिय पुरुष र वडा नम्बर १० का २६ वर्षिय महिलामा कोरोना देखिएकोछ ।

यस्तै जानकी गाउँपालिका वडा नम्बर ३ का ३० वर्षिय पुरुष र ठेगाना नखुलेका कोहलपुर नगरपालिकाका २१ वर्षिय महिलामा संक्रमण देखिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसैगरी बाँसगढी नगरपालिका–४, बर्दियाका ४२ वर्षिय पुरुष, वडा नम्बर– ६ का १९ वर्षिय युवतिमा संक्रमण देखिएकोछ । भने बारबर्दिया नगरपालिका वडा नम्बर ६ का ५२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ ।

यस्तै तुलसीपुर–६ दाङका २६ वर्षिय महिला र वडा नम्बर ७ का २० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

यसैगरी कैलालीका २१ वर्षिय महिला र उच्च अदालत तुलसीपुर ईजलास नेपालगन्जका ३२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला रिर्पोटमा उल्लेख छ ।

यस्तै शनिबार बेलुका भेरी अस्पताल प्रयोगशालाको दोस्रो लटको रिर्पोटमा ६ महिला र १२ पुरुष गरि १८ जनामा कोरोना संक्रमण पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का ७४ वर्षिय पुरुष, वडा नम्बर ४ का ७२ वर्षिय पुरुष, वडा नम्बर १८ का ५५ वर्षिय महिला, वडा नम्बर १ का ३५ वर्षिय महिला, वडा नम्बर ३ का ३६ वर्षिय पुरुष, वडा नम्बर १ का ४२ वर्षिय पुरुष, वडा नम्बर ९ का ५३ वर्षिय पुरुष, वडा नम्बर १० का ६२ र ३५ वर्षिय पुरुष, वडा नम्बर १ का ४७ वर्षिय पुरुष, वडा नम्बर ६ का ४६ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ५ का ३४ वर्षिय महिला, बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ३३ र २५ वर्षिय महिला, वडा नम्बर १ का २३ वर्षिय पुरुष र वडा नम्बर ६ का २८ वर्षिय पुरुष तथा बासगढी–२ बर्दियाका २३ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
शनिबार नै बेलुका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ५ महिला र ३ पुरुष गरि थप ८ जनामा कोरोना पुष्टि भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का २८ वर्षिय महिला, वडा नम्बर १० का २९ वर्षिय महिला, वडा नम्बर ६ का ७० वर्षिय महिला, वडा नमबर १२ का ३२ वर्षिय पुरुषमा कोरोना देखिएको छ । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ११ का ५१ वर्षिय पुरुष, वडा नम्बर ८ का ३३ वर्षिय पुरुष र वडा नम्बर २ का २१ वर्षिय महिलामा कोरोना देखिएको छ ।

यस्तै जानकी गाउँपालिका वडा नम्बर २ का ४५ वर्षिय महिलामा कोरोना देखिएकोछ ।

यसैगरी बागेश्वरी ल्याबबाट शनिबार बेलुका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ६० वर्षिय पुरुष र वडा नम्बर ५ का ३५ वर्षिय पुरुषमा कोरोना देखिएको छ ।