नेपालगन्जका ७ जना कोरोना संक्रमितको मृत्यु


नेपालगन्जका ७ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : दुवै फोक्सोको निमोनियाका काराण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाका ५९ वर्षिय पुरुषको मृत्यु भएकोछ ।

कोरोना संक्रमित ती पुरुषको भेरी अस्पताल नेपालगन्जको कोरोना विशेष आइसोलेसन अस्पतालमा शनिबार राती साढे ११ बजे मृत्यु भएको हो ।

योसहित नेपालगन्ज उपमहानगरपालिकामा कोरोना संक्रमित मृतकको संख्या ७ पुगेकोछ । जसमा नेपालगन्ज उपमहानगरपालिकाका ५ पुरुष र २ महिला छन् ।

गत भदौ २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको थियो । कोरोना संक्रमण भएको आशंकामा सोही राती १२ बजे उनको स्वाब लिइ परीक्षण गर्दा भदौ २१ गते विहान ११ः४५ बजे आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना संक्रमित ती ब्यक्तिलाई अस्पताल भर्ना गरि उपचार गर्ने क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई हाइड्रोअक्सिजन दिइएको थियो ।

पछिल्लोपटक सिपीएपी र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दासमेत उनलाई बचाउन नसकिएको भेरी अस्पतालका कोरोना अस्पताल ब्यवस्थापन इन्चार्ज डाक्टर श्यामसुन्दर यादवले जानकारी दिए ।

उनका अनुसार ती पुरुषको दुबै फोक्सोमा निमोनिया भई एआरडिएस भएको हुदाँ मृत्यु भएको डाक्टर यादवको भनाई छ ।

हालसम्म बाँकेमा कोरोना संक्रमित १० जनाको मृत्यु भइसकेकोछ । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ७ जनाको मृत्यु भएको छ भने नरैनापुर, बैजनाथ र कोहलपुर नगरपालिकामा एकएक जनाको मृत्यु भएकोछ ।