भेरी र मेडिकल कलेजको ल्याबबाट थप ९ जनामा कोरोना पुष्टि


भेरी र मेडिकल कलेजको ल्याबबाट थप ९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९९ पुगेकोछ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९ जनामा कोरोना पुष्टि भएसगैं बाँकेको कुल कोरोना संक्रमित संख्या एक हजार ५ सय ९९ पुगेको हो ।

यस्तै आईतबार बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेको ८ महिला र ३३ पुरुष गरि ४१ जना निको भएर घर गएकाछन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या एक हजार २ सय ४४ पुगेकोछ । भने हालसम्म १० जनाको मृत्यु भएको छ । विभिन्न अस्पताल तथा आइसोलेसनमा ३ सय ४५ जना उपचाररत रहेकाछन् ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ३३, २८ र ४२ वर्षिय पुरुष तथा ५० वर्षिय महिलामा कोरोना संक्रमण पाइएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का २० वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ । यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका ४५,५० र ५५ वर्षिय महिलामा कोरोना पुष्टि भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परीक्षणमा कोहलपुर नगरपालिका वडा नम्बर १० का ३० वर्षिय पुरुषमा कोरोना देखिएकोछ ।