कोरोना संक्रमित मृतकको संख्या ४११ पुग्यो


कोरोना संक्रमित मृतकको संख्या ४११ पुग्यो

नेपालगन्ज : कोरोना संक्रमित थप १० जनाको मृत्यु भएकोछ । पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा मात्रै चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका अनुसार मृत्यु हुने कोरोना संक्रमितमा काठमाडौंका ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै धनुषाका ७६ वर्षीय पुरुष, ललितपुरका ७५, भक्तपुरका ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रुपन्देहीका ६७ वर्षीय पुरुष र पाल्पाका ४० वर्षीया महिलाको मृत्यु भएको छ ।

यसअघि शनिबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।