नेपालमा कोरोना संक्रमितको संख्या ६४१२२ पुग्यो

३६ जना संक्रमितको भेन्टिलेटर र १९० जनाको आईसीयूमा राखेर उपचार हुँदै


नेपालमा कोरोना संक्रमितको संख्या ६४१२२ पुग्यो

नेपालगन्ज : नेपालमा कुल कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ३ सय २५ संक्रमित फेला परेसगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर आईतबारसम्म ९ लाख १४ हजार २ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै देशभर आईतबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनबाट थप ९ सय ६६ जना डिस्चार्ज भएका छन् । योसगैं हालसम्म ४६ हजार २ सय ३३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार देशभर आईतबारसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
यसैगरी देशभरका संस्थागत आइसोलेसन ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना रहेका छन् । आईतबारसम्म देशभर ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका अनुसार देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । भने देशभर १ सय ९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएकोछ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा मात्रै चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसअघि शनिबार देशभर एक हजार २ सय ४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शुक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए ।