कोरोना संक्रमित थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो


कोरोना संक्रमित थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसगैं नेपालमा कोरोना संक्रमित मृतक संख्या ४२७ पुगेकोछ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, मकवानपुरमा १७ वर्षीया युवती र ६८ वर्षीय बृद्ध, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ७ प्रतिशत छ ।