नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ हजार २७६ पुग्यो

३१ जनाको भेन्टिलेटर र १९६ जनालाई आईसीयूमा राखेर उपचार गरिँदै, कुल मृतक संख्या ४२७ पुग्यो


नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ हजार २७६ पुग्यो

नेपालगन्ज : नेपालमा सोमबर थप एक हजार १ सय ५४ जनामा कोरोना सक्रमण देखिएकोछ । योसगैं नेपालमा कुल कोरोना संक्रमित संख्या ६५ हजार २ सय ७६ पुगेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार बेलुकासम्म देशभर ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार बेलुकासम्म देशभर कुल सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । भने पछिल्लो २४ घण्टामा थप एक हजार ५ जनाले कोरोना जितेर घर फर्केका छन् । योसगैं हालसम्म देशभर ४७ हजार २ सय ३८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएकोछ ।

यसैगरी देशभरका संस्थागत आइसोलेसन ८ हजार ९सय २१ जना र होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना रहेका छन् । सोमबार बेलुकासम्म देशभर ७ हजार ४ सय ३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार देशभर ३१ जनाको भेन्टिलेटरमा र १ सय ९६ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसगैं नेपालमा कोरोना संक्रमित मृतक संख्या ४२७ पुगेकोछ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । ११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।