नेपालगन्ज : बाँकेका तीनवटा प्रयोगशालामा गरिएको कोरोना परीक्षणबाट थप ५२ जनामा कोरोना पुष्टि भएकोछ । जसमध्ये बाँकेको नेपालगन्जका मात्र ४० जनामा संक्रमण देखिएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट सबैभन्दा धेरै ४३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ८ जना र बागेश्वरी ल्याबबाट १ जना गरि कुल ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रले सार्वजनिक गरेको कोरोना पोजेटिभ रिर्पोट अनुसार बाँकेमा संक्रमित संख्या १ हजार ६ सय ५१ पुगकोछ । भने सोमबार थप ६ जना डिस्चार्ज भएसगंै एक हजार २ सय ५० जना निको भइसकेकाछन् । यस्तै जिल्लामा सोमबार बेलुकासम्म ३९० कुल सक्रिया संक्रमित रहेको केन्द्रले जनाएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट कोरोना पोजेटिभ देखिनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का ३६ वर्षिय महिला, वडा नम्बर २ का २३ वर्षिय पुरुष, वडा नम्बर १२, ३९,६२ वर्षिय पुरुष, वडा नम्बर २ का ४४ वर्षिय महिला,वडा नम्बर १० का ४९ वर्षिय महिला, वडा नम्बर २ का ३९ वर्षिय पुरुष, वडा नम्बर ४ का ३३ वर्षिय पुरुष, वडा नम्बर ९ का ५७ वर्षिय पुरुष, वडा नम्बर ५ का ४१, ४३ वर्षिय पुरुष, वडा नम्बर १७ का ३३ वर्षिय पुररुष, वडा नम्बर १ का १४ वर्षिय बालिका, वडा नम्बर १० का २० वर्षिय युवती, वडा नम्बर ११ का ५१ वर्षिय महिला, वडा नम्बर १ का ३४ वर्षिय महिला र ४९ वर्षिय पुरुष, वडा नम्बर १९ का ४० वर्षिय महिला, वडा नम्बर १० का २०,३१ र २६ वर्षिय पुरुष तथा २०, २२ र २४ वर्षिय महिला, वडा नम्बर ४ का ४५ वर्षिय पुरुष, वडा नम्बर १३ का ४१ वर्षिय पुरुष वडा नम्बर २२ का ५३ वर्षिय पुरुष र ५२ वर्षिय महिलामा कोरोना पुष्टि भएकोछ ।
यसैगरी ठेगाना नखुलेका नेपालगन्ज उपमहानगरपालिकाका २३ वर्षिय पुरुष, ३९ वर्षिइ पुरुष र २७ वर्षिया महिलामा कोरोना पुष्टि भएकेछ ।
संक्रमित देखिनेमा सिटि प्यालेस होटल नेपालगन्जका ३६ वर्षिय महिला, निदान डाइग्नोष्टिक ल्याब पासाङ्गल्हामुमार्गका १९ वर्षिय युवा, कोहलपुर ११का४२ वर्षिय पुरुष, राप्तीसोनारी गाउँपालिकाका५ का ४३ वर्षिय पुरुष र बैजनाथ गाउँपालिका ८ का ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पाइएकोछ ।
यसैगरी, पग्नाथ–९ दैलेखका ३८ वर्षिय पुरुष, तुलसीपुर–२ दाङका २४ वर्षिय पुरुष, धनगढी–३ कैलालीका २० वर्षिय महिला, छेडागाढ–८ जाजरकोटका ३३ वर्षिय महिला, त्रिपुरासुन्दरी–५ डोल्पाका २० वर्षिय पुरुष, ठाकुरबाबा–८ बर्दियाका २५ वर्षिय पुरुष र राजापुर–१ बर्दियाका ३१ वर्षिय पुरुषमा कोरोना देखिएकोछ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालबाट कोहलपुर नगरपालिका वडा नम्बर ६ का ४० वर्षिय महिला, बैजनाथ गाउँपालिका५ का२२ वर्षिय युवती, नेपालगन्ज १२ का २७ वर्षिय युवती, वडा नम्बर १० का २६ वर्षिय युवती, वडा नम्बर १२का २१ वर्षिइ पुरुष, वडा नम्बर ५ का २१ वर्षिय युवक, वडा नम्बर १३का ३६ वर्षिय पुरुष र कोहलपुर ११का २८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरबाट नेपालगनज उपमहानगपालिका वडा नम्बर १२ का ३ वर्षिय बालकमा कोरोना पुष्टि भएकोछ ।
सोमबार विहान नेपालगन्ज कारागारका एक कैदीको मृत्यु भएसगै बाँकेमा कुल ११ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । जसमा नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ८ जनाले ज्यान गुमाएकाछन् ।