भेरी अस्पतालका मेसु डाक्टर थापालाई कोरोना देखियो


भेरी अस्पतालका मेसु डाक्टर थापालाई कोरोना देखियो

नेपालगन्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापा अछुतो रहन सकेनन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र बिरामीकै उपचारमा खटिएका भेरी अस्पतालका मेसु डाक्टर थापा आफै कोरोना संक्रमित बन्न पुगेका हुन् ।

दुईदिनदेखि अस्वस्थ रहेका मेसु डाक्टर थापालाई मङ्गलबार कोरोना पोजेटिभ देखिएको छ । ज्वोरोसगैं शरीर दुखेपछि सोमबार कोरोना भाइरस संक्रमणको आशंकामा डाक्टर थापाले स्वाब परीक्षण गराएका थिए । स्वाब परीक्षण पश्चात आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि तीन दिन पहिले कोरोना परीक्षण गराउँदा उनको रिर्पोट नेगेटिभ आएको थियो । कोरोना पोजेटिभ पुष्टि भएका मेसु डाक्टर थापाले हिजो भन्दा आज अलि केही सहज महसुस गरेको बताएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

हाडजोर्नी विशेषज्ञ समेत रहेका डाक्टर थापासंगै भेरी अस्पतालका करिब एक दर्जन विशेषज्ञ चिकित्सकलाई कोरोना भाइरस संक्रमण भैसकेको छ ।
त्यस्तै भेरीमै कार्यरत दुई दर्जनबढी स्वास्थ्यकर्मी पनि संक्रमीत भइसकेका छन् भने संक्रमित अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मी निको भएर पुनः काममा फर्किसकेका छन् ।