डाक्टर केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लग्न उनी चढेको गाडीभित्रै पुगेर बल प्रयोग गर्दै प्रहरी ।
नेपालगन्ज : अनसनरत डाक्टर गोविन्द केसीमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । अनशनकै क्रममा मंगलबार नेपालगन्जबाट काठमाण्डौं पुगेका डाक्टर केसीमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।
डाक्टर केसीलाई उनी चढेको गाडीभित्रै पुगेर प्रहरीले दुर्व्यवहार गर्दै जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको छ ।
नेपालगन्जबाट ११ ः १५ बजेको फ्लाइटमा काठमाडौं गएका डाक्टर केसीले आफू त्रिवि शिक्षण अस्पतालमा पुगेर अनसनलाई जारी राख्न चाहेका थिए । तर, डाक्टर केसी त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै प्रहरीले जबरजस्ती लछारपछार गर्दै राष्ट्रिय ट्रमा सेन्टर लगेको हो ।
यतिबेला डाक्टर केसीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ । ९ दिनदेखि अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्थालाई बेप्रबाह गर्दै दादागिरी शैलीमा प्रहरीले बल प्रयोग गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकोछ ।