नर्भिक अस्पतालमा नर्सिङ तलब ९ हजार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४५ हजार
फाइल फोटो
काठमाडौं : नर्सको मासिक तलब कति होला ? नेपालका ठूला भनिएका अस्पतालमा नर्सको तलब चार गुणा फरक हुने गरेको पाइएको छ । चौधरी ग्रुपद्धारा सञ्चालित नर्भिक इन्टरनेशनल हस्पिटलमा नर्सहरु बीचको तलबमा चारगुणा फरक पाइएको हो ।
नर्सलाई न्युन तलबमा कज्याएको सञ्चारमाध्यममा खुलासा भएपछि अध्यक्ष वसन्त चौधरीले नर्सको तलब खुलाएका हुन् । नर्भिकले शुरुवाती तलब ९ हजार १ सय १८ रुपैंया दिने गरेको सञ्चारमाध्यमबाट खुलासा भएपछि अध्यक्ष चौधरीले खण्डन गरेका छन् ।
अध्यक्ष चौधरीका अनुसार, नर्भिकले नर्सहरूको तालिम र अनुभवको आधारमा १५ हजार देखि ६० हजार रुपियाँसम्म तलब र श्रम ऐनअनुसार अन्य सुविधा दिँदै आएको छ । उनले सामाजिक सञ्जालमा भनेका छन, ‘हुन त मैले संस्थागत गोपनीयता सार्वजनिक गर्न मिल्दैन, तर यस कुरालाई पुष्ट्याइँ गर्न यो जानकारी गराउनु आफ्नो कत्र्तव्य ठानेको छु ।’
सबैभन्दा धेरै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको तलब रहेको छ । यस प्रतिष्ठानमा कार्यरत नर्सको शुरुवाती तलब ४५ हजार रहेको छ । काठमाडौंमा सबैभन्दा धेरै तलब दिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गंगालाल हृदय अस्पताल, वीर अस्पताल र मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर रहेको छ । यी अस्पतालमा नर्सको शुरुवाती तलब ३० हजार रहेको छ । सेवा सुविधा र भत्ता समेत गरि झण्डै ५० हजार हाराहारिमा पुग्छ ।
नेपालमा नर्सको संख्या मात्र ६० हजार ७ सय ९५ पुगेको नर्सिङ काउन्सिलले जनाएको छ ।
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा