देशभर १३५६ कोरोना संक्रमित थपिदा ८२३ जना डिस्चार्ज


देशभर १३५६ कोरोना संक्रमित थपिदा ८२३ जना डिस्चार्ज

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप एक हजार ३ सय ५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय ५६ संक्रमित थपिएका हुन् ।

सोमबार थपिएका कोरोना संक्रमितसगैं नेपालमा कोरोना भाइरस संक्रमित कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । भने देशभर सोमबारसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय २३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४८ हजार ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ३४ हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोना भाइरस संक्रमितको संख्या उकालो लागिरहेका बेला देशभरका संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना र होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना रहेका मन्त्रालयले जनाउको छ । सोमबार बेलुकासम्म देशभर ७ हजार १ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी देशभर ३७ जनाको भेन्टिलेटरमा र २ सय २३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरस संक्रमित मृतक संख्या उकालो लागिरहेका बेला पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएकोछ । योसँगै मृत्यु भएको संख्या ४ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय महिलाको मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट आईतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो ।