बाँकेका १२ जना सहित थप २९ जनामा कोरोना पुष्टि


बाँकेका १२ जना सहित थप २९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका दुई चिकित्सक सहित थप २९ जनामा कोरोना संक्रमण पाइएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा बाँकेका १२, बर्दियाका १६ र कैलालीका १ जना गरि २९ जनामा कोरोना संक्रमण पाइएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापा सहित थप १२ जनामा संक्तमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये ८ जना नेपालगन्जका, २ जना राप्तीसोनारीका, खजुराका १ र कैलाली लम्कीचुहाका १ जना रहेका छन् ।

त्यसैगरी बर्दियाको बारबर्दिया, गुलरीया, राजपुर र गेरुवाका १६ जनामा समेत संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा २ सय जनाको स्वाव परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट मङ्गलबार कोरोना पुष्टि हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का ४७ वर्षिय महिला, वडा नम्बर १ का २९ वर्षिय पुरुष, वडा नम्बर १८ का ४८ वर्षिय पुरुष, वडा नम्बर १० का २३, ४२ वर्षिय पुरुष र वडा नखुलेको ३१ वर्षिय महिलामा कोरोना पुष्टि भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का ४८ वर्षिया महिला, वडा नम्बर २ का ३७ वर्षिय पुरुष, खजुरा गाउँपालिका वडा नम्बर ४ का ४० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।

यस्तै भेरी अस्पताल नेपालगन्जका ३७ वर्षिय पुरुष र ५७ वर्षिय महिलामा कोरोना देखिएकोछ ।

त्यसैगरी भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा गुलरिया नगरपालिका वडा नम्बर– ६, बर्दियाका ३९ वर्षिय पुरुष, वडा नम्बर ११ का २१, २५ र ३६ वर्षिय पुरुष, वडा नम्बर ६ का २६ र ४० वर्षिय पुरुषमा कोरोना देखिएकोछ ।

बर्दियाकै बारबर्दिया नगरपालिका वडा नम्बर ३ का ३९ र ३८ वर्षिय महिला र पुरुष, वडा नम्बर ४ का २३ वर्षिय पुरुष, वडा नम्बर १० का ३८ वर्षिय पुरुष, वडा नम्बर ६ का ५० र २१ वर्षिया महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यसैगरि बढैयाताल गाउँपालिका वडा नम्बर ६ का ५० र ३९ वर्षिय पुरुष, राजापुर नगरपालिका वडा नम्बर ६ का २६ वर्षिय पुरुष, गेरुवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षिय महिला, वडा नम्बर ४ का ६२ वर्षिय महिलामा कोरोना संक्रमण देखिएकोछ ।

यसैगरी लम्कीचुहा–४ कैलालीका ३६ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ ।

हालसम्म भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ३९ हजार ९ सय ४३ जनाको स्वाब परीक्षणका लागि प्राप्त भएकोमा मङ्गलबार बेलुकासम्म ३९ हजार ८ सय ६९ जनाको स्वाब परीक्षण भएकोछ । जसमध्ये २ हजार २ सय ४५ जनामा कोरोना पोजेटिभ पाइएकोछ ।

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमित मृतकको संख्या ११ पुगेकोछ । पछिल्लो पटक नेपालगन्जका थप २ जनाको मृत्यु भएसगैं बाँकेमा मृतक संख्या ११ पुगेको हो । जसमा नेपालगन्ज उपमहानगरपालिकाका मात्रै ८ जनाले ज्यान गुमाएकाछन् ।

यसबीच मङ्गलबार ४ महिला र १० पुरुष गरि १४ जना डिस्चार्ज भएकाछन् । योसगैं १ हजार २ सय ६४ जना डिस्चार्ज भएकाछन् । भने बाँकेमा मङ्गलबार बेलुकासम्म कुल संक्रमित संख्या १ हजार ६ सय ७४ पुगेकोछ ।