बर्दियाका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु


बर्दियाका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएकोछ । बर्दिया ठाकुरबाबा नगरपालिकाका–७ का ६४ वर्षिय कोरोना संक्रमित ती पुरुषको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जनाएकाछन् ।

कोरोना पोजेटिभ ती पुरुषको स्वास्थ्य अवस्थामा समस्या आएपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका थिए । उनको मङ्गलबार अपरान्ह ४ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुष असोज ४ गते राती २ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको सोही दिन दिउँसो ३ बजे स्वाव परीक्षण गर्दा ५ गते आएको कोरोना रिपोर्टमा पोजेटिभ पाइएको थियो । कोरोना संक्रमित ती पुरुष देव्रे फोक्सोको निमोनियाबाट मृत्यु भएको हो ।

कोरोना पोजेटिभ पाइएका ती पुरुषको स्वास्थ्य अवस्था विग्रदै गएपछि आवश्यकता अनुसार अस्पतालले गर्नुपर्ने सम्पूर्ण उपचार गरेपनि बचाउन नसकिएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकेका प्रमुख जिल्लाअधिकारी र बर्दियाका प्रमुख जिल्ला अधिकारीबीच भएको समन्वयले मृतक ती पुरुषको बर्दियामा अन्त्येष्टि गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

योसगैं उपचारका क्रममा बाँके आएर ज्यान गुमाउनेको संख्या ६ पुगेकोछ । जसमा बर्दियाका दुईजना, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका एकएक जना गरि ६ जनाको मृत्यु भएको छ ।