नेपलागन्ज : भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृतयु भएकोछ । बारबर्दिया नगरपालिका वडा नम्बर ३, बर्दियाका ३९ वर्षिय पुरुषको मृत्यु भएको हो ।
बाँके जिल्लामा उपचारका लागि बाहिरी जिल्लाबाट आइ भर्ना भएका ती कोरोना संक्रमित पुरुषको बुधबार बिहान १०ः३० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गत भदौ २८ गते बर्दियाबाट पीसिआर जाँचका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा जाँच गर्दा नेगेटिभ आएको थियो । कोरोना रिर्पोट नेगेटिभ आएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते विहान भेरी अस्पताल नेपालगनजमा भर्ना गरिएको थियो ।
भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएका ती पुरुषको सोही दिन कोरोना जाँचका लागि पीसिआर लिइएको थियो । पीसिआर जाँच गर्दा भदौ ३० गते आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ पाइएको थियो ।
बाँकेका कोरोना फोकल पर्शन श्रेष्ठले भने–‘कोरोना पोजेटिभ पाइएका ती पुरुषको उपचारका लागि अस्पतालले ४ वटा भेन्टिलेटरमा राखी आवश्यकता अनुसार अस्पतालले गर्नुपर्ने सम्पूर्ण उपचार पद्धती अपनाउँदासमेत विरामीको स्वास्थ्यमा सुधार नभएपछि अजा बुधबार विहान १०ः३० बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बर्दियाका अनुसार मृतक बारबर्दिया नगरपालिका वडा नम्बर ३ बनियाभार बर्दियाका वडा अध्यक्ष रहेको बुmिभएको छ । मृतक ती पुरुषको दुवैतर्फको फोक्सोमा निमोनिया भएर मृत्यु भएकोछ ।
बाँकेका प्रमुख जिल्ला अधिकारीले बर्दियाका प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरि मृतक ती पुरुषको उनकै वडामा शव ब्यवस्थापन गरिने भएकोछ । योसगैं बर्दियामा ज्यान गुमाउनेको संख्या तीन पुगेकोछ । मङ्गलबार मात्रै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दिया ठाकुरबाबा नगरपालिकाका–७ का ६४ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।
योसगैं उपचारका क्रममा बाँके आएर ज्यान गुमाउनेको संख्या ७ पुगेकोछ । जसमा बर्दियाका तीनजना, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका एकएक जना गरि ७ जनाको मृत्यु भएको छ ।