बुधबार ७३ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १३३७ पुग्यो


बुधबार ७३ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १३३७ पुग्यो

File Photo

नेपालगन्ज : बाँकेमा कोरोनालाई जितेर ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा बसेर स्वास्थ्य लाभ गरिरहेका ७३ जना कोरोना संक्रमित निको भएर आज बुधवार घर फकिएका हुन् ।

योसँगै बाँकेमा कोरोना मुक्त हुनेको संख्या एक हजार तीन सय ३७ पुगेको छ ।

अहिले जिल्लाका विभिन्न आइसोलेसन तथा होम आइसोलेशनमा अझैं तीन सय २६ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा संक्रमितको संख्या एक हजार ६ सय ७४ पुगेको छ । भने ११ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेकाछन् । यसरी ज्यान गुमाउनेमा नेपालगन्ज उपमहानगरपालिकाका ८ जना रहेकाछन् ।