बुधबार ११७२ कोरोना संक्रमित थपिए, १८९३ डिस्चार्ज


बुधबार ११७२ कोरोना संक्रमित थपिए, १८९३ डिस्चार्ज

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप एक हजार १७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या ६७ हजार ९ सय ४ पुगेको छ ।

देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार बुधबार बेलुकासम्म देशभर ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार देशभर बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार ८ सय ९३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसगैं हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ४९ हजार ९ सय ५४ जना रहेकोछ । डिस्चार्ज हुने दर भने ७३ दशमलव ७ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसनमा ८ हजार २ सय २८ जना र होम आइसोलेसनमा ९ हजार १ सय ८६ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसैगरी देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । भने २ सय २० जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा बुधबार ७ थप जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ ।

मन्त्रालयका अनुसार ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको छ । झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।