‘असोज १५ गतेदेखि फेरि लकडाउन !’


‘असोज १५ गतेदेखि फेरि लकडाउन !’

सांकेतिक तस्विर

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण लगाइएको बन्दाबन्दी खुला भएसगैं कोरोना संक्रमितहरुको संख्यामा दिनहुँ बढोत्तरी भइरहेकोछ । कोरोना संक्रमित बढेसगैं मृतकको संख्या पनि बढिरहेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुकासम्म देशभर कुल संक्रमितको संख्या ६७ हजार ९ सय ४ पुगेको छ । भने यो अवधिसम्म नेपालमा कुल कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ । मन्त्रालयका अनुसार देशभर बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

कोरोना संक्रमितको संख्या र मृतकको संख्या बढ्दै जानुले देशमा थप चुनौती बढाएकोछ । दिनहुँ एक हजार बढिको संख्यामा कोरोना संक्रमित भेटिनु र एक दर्जन बढि संक्रमित ब्यक्तिको मृत्यु भइरहेकाले सरकारले देशमा पुनः लकडाउन लगाउन सक्ने अवस्था देखिएकोछ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको यो सिफारिस र देशमा दिनहुँ एक हजारबढिको संख्यामा भेटिने कोरोना संक्रमितको नयाँ केसले आगामी असोज १५ गतेबाट देशमा पुनः लकडाउन लाग्ने निश्चित छ । किनभने असोज १५ गतेसम्म हाल दिनहुँ भेटिरहेका नयाँ कोरोना संक्रमितको आँकडा २५ हजार नाघ्ने पक्कापक्की छ ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । ‘२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्राचार्य डाक्टर जागेश्वर गौतमले भने ।

मन्त्रालयका तथ्यांकअनुसार बुधबार ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र, सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ ।
यसअघि चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन थियो । त्यसपछि लकडाउन वा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइयो र, भदौ पहिलो साता संक्रमण बढेसँगै धेरै जिल्लामा निषेधाज्ञा थियो ।

पछिल्लो समय निशेषज्ञा हटेको छ भने असोज १ गतेबाट लामो दूरीको यातायात, आन्तरिक हवाई उडान, होटल रेस्टुरेन्ट सबै खुला भएको छ ।
तर, संक्रमण नियन्त्रणमा भने आइसकेको छैन । संक्रमण पिकमा पुग्न बाँकी नै रहेको भन्दै सरकारले जनस्वास्थ्य सुरक्षाको मापदण्डहरू पालना गर्न आग्रह गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ । साथै मापदण्ड पालना भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउन कोभिड–१९ संकट व्यवस्थापन सेन्टरलाई अनुरोध पनि गरेको छ ।

सरकार र आम सर्वसाधरणको लापरबाहीले दशैंको मुखमा देश पुनः बन्दाबन्दी हुने निस्चित बनेकोछ ।