बाँकेमा शुक्रबार २४ जना कोरोना संक्रमित थपिए


बाँकेमा शुक्रबार २४ जना कोरोना संक्रमित थपिए

नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट पहिलो लटमा १० जना र दोस्रो लटमा ४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ५ जना, बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिकको ल्याबबाट ५ जना गरि ६ महिला र १८ पुरुष सहित २४ जनामा कोरोना संक्रमण देखिएकोछ ।

योसगैं बाँके जिल्लामा एक हजार ७ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । भने शुक्रबार थप ५ जना डिस्चार्ज भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ३ सय ६१ पुगेको छ भने यसबीच १२ जनाको मृत्यु भएकोछ ।

त्यसैगरी बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ५ जना कोरोना संक्रमितको मृत्य भएकोछ । शुक्रबार रातीसम्म बाँकेमा ४ सय एक जना संक्रमित उपचाररत रहेकाछन् ।