बर्दिया बबई क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु


बर्दिया बबई क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु

नेपालगन्ज : कोरोना संक्रमित बबई क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको मृत्यु भएकोछ ।

उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएका क्याम्पसका प्रमुख अग्रवालको मृत्यु भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोना संक्रमित क्याम्पस प्रमुख अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका शनिबार दिउँसो भेरी अस्पताल पुग्नै लाग्दा अस्पतालको गेटमै उनको ज्यान गएको अध्यक्ष धितालले जानकारी दिए ।