नेपालगन्ज : नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जिल्लाका ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस व्रिफिङ्गगर्दै पछिल्लो २४ घण्टामा मृत्यु हुने सबै पुरुष रहेको बताएकोछ ।
मन्त्रालयका अनुसार सप्तरीका ६३, काठमाडौंका २० र ७४, भक्तपुरका ८८, मकवानपुरका ७४, ललितपुरका ७६, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै यसअघि शुक्रबार नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी