कोरोना संक्रमित थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो


कोरोना संक्रमित थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

नेपालगन्ज : नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जिल्लाका ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस व्रिफिङ्गगर्दै पछिल्लो २४ घण्टामा मृत्यु हुने सबै पुरुष रहेको बताएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयका अनुसार सप्तरीका ६३, काठमाडौंका २० र ७४, भक्तपुरका ८८, मकवानपुरका ७४, ललितपुरका ७६, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै यसअघि शुक्रबार नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।